नियम २६
भेटघाट र पत्रव्यवहारको सुविधा
 (१) कारागारमा रहेका सबै थुनुवा वा कैदीहरुलाई देहायको सुविधा दिइनेछ :-
(क) कार्यालयको टायममा जेलरको रेखदेखमा हप्ताको दुई पटक आफ्ना नातादार र मित्रहरुसंग भेटघाट गर्न पाउने त्यसरी भेटघाट गर्दा कैदी वा थुनुवा कारागारको ढोकाभित्र र भेट गर्न आउने व्यक्ति ढोका
बाहिर रही कुरा गर्न पाउनेछ ।
(ख) जेलरले सेंसर गरी पास गरेको प्रत्येक चिठी लिन र एक हप्तामा दुईटासम्म चिठी जेलरद्वारा सेंसर गराई पठाउन सक्नेछ ।
(ग) नेपाल सरकारबाट इजाजत प्राप्त वा अनुमति दिइएका अखवार, म्याग्जिन तथा किताबहरु लिन पाउनेछ ।
(घ)जेलर वा निजले तोकेको कर्मचारी वा सुरक्षाकर्मीको रोहवरमा आफ्नो परिवारस“ग टेलिफोन वा अन्य सञ्चार सम्पर्क गर्ने सुविधा पाउन सक्नेछ ।
(२) कारागार कैदी वा थुनुवालाई आए गएको चिठ्ठीपत्र जेलरले सेंसर गर्दा देश लाई हानिकारक प्रत्यक्ष वा अप्रत्यक्ष कुनै किसिमको संकेत चिन्ह र सार्वजनिक हित बाहेक कुनै संगठन गर्ने विचार दर्शाएको चिठी पत्र–पत्रिका जफत
गरी कारवाईको निमित्त सम्बन्धित प्रमुख जिल्ला अधिकारी छेउ पेश गर्नु पर्छ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कारागार तथा कैदी वा थुनुवाको अवस्थाको विषयमा जानकारी लिनको निमित्त कुनै सञ्चार माध्यमका प्रतिनिधि वा अध्ययन अनुसन्धान कार्यमा संलग्न व्यक्ति वा संस्थालेऔपचारिक रुपले अनुरोध गरेमा जेलरले कैदी वा थुनुवास“ग भेटघाट गर्ने अनुमति
दिन सक्नेछ ।